Logo माघ ६, २०७७ मंगलबार


ठूला नेताहरु प्रधानमन्त्री, मन्त्री हुने परिपाटी अन्त्य गरौँ

महाभारत युद्व समाप्त भएपछि युद्वका नायक कृष्ण धृतराष्ट्र महाराजकी महारानी गान्धारीसँग भेट गर्न जान्छन्। रानीले युद्वमा आफ्ना सन्तान सबै नास गर्नमा कृष्ण मुख्य दोषी रहेको बुझेर आवेशमा श्राप दिँदै भन्छिन् जसरी मेरो कौरव वंशको नास भो त्यसै गरी तिम्रो यदु वंशको पनि समुल नष्ट होस् ।

यही श्रापले आपसी मनमुटाव र युद्वबाट कृष्ण स्वयमले यदु वंशको समुल नष्ट गरे । यो लडाईको अनुमान गरी अर्जुन युद्वमा सहयोग गर्न भनी द्वारिका पुगी हेर्दा सम्पूर्ण यदु वंशीहरूको लास मात्र भेटी कृष्णलाई खोज्न थाले । उनले कृष्णलाई वनको बीचमा आराम गरी बसेको पाएर कृष्णलाई सोधे । हे माधव यो के भएको हो भन्दा कृष्णले जवाफमा भने, ‘जब कुनै पनि उदेश्य पूरा भएपछि शक्तिवानहरू त्यही स्थानमा बसिरहनु भनेको शक्ति सन्तुलनलाई बिगार्नु हो।’ उनले तिमी द्वारिकामा बचेका महिला तथा बालबालिकालाई लिएर छिट्टै हस्तिनापुर जाउ र उनीहरूलाई परिवर्तन र तिमीहरूको सफलतामा रमाउन देउ भने ।

त्यसपछि तुरून्त उनले त्यही बमोजिम रथमा राखेर द्वारिकामा रहेका सबैलाई लैजाँदै थिए, केही पर पुगेपछि बाटोमा उनीहरू आराम गर्न बसे । तर अचानक अर्जुनमाथि आक्रमण भयो । उनले सबै आफन्तजनलाई बचाउन आफ्नो धनुष उठाए । तर उनको अस्त्रले काम गरेन । तर पनि आफ्नो पराक्रमले उनले त्यस समस्याबाट पार गरी उनीहरूलाई हस्तिनापुर पुर्याए।

युधिष्ठिरले अर्जुनसँग सबै कुरा सोधे र अर्जुनले कृष्णले बताएको शक्ति असन्तुलनको कुरा सुनाए । धर्मात्मा युधिष्ठिरले कृष्णको सन्देश बुझेर राज्यसभा बोलाएर नयाँ पुस्ताका क्षमतावान तथा योग्यवान युवराजहरू अर्जुन पुत्र अभिमन्युका सुपुत्र परिक्षित तथा आफ्ना जेठा दाजु कर्णको सुपुत्र बृषकेतुलाई हस्तिनापुर र इन्द्रप्रस्तको महाराजा नियुक्त गरे । जब कि बृषकेतुका बुवा कर्ण महाभारत युद्वमा कौरव सेनाको सेनापति भएर पाण्डवका विरोधमा युद्व गरेका थिए । त्यसपछि पाण्डवहरू सबै स्वर्गको खोजीमा हिँडे र स्वर्ग पुगे ।

यी दुई कथावाट नेपालको राजनेताहरु प्रमुख पदको जिम्मेवारी पूरा गरेपछि कुनै सामाजिक कामको अभियन्ता हुने भने राजनीतिमा नयाँ पुस्ताले अवसर  पाउँथे ।  नेपालको राजनीतिमा नयाँ युगको शुरूवात समेत हुने थियो  ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।