Logo मंसिर ११, २०७७ बिहीबार


ट्रिपरको ठक्करबाट दाजुभाइकै मृत्यु

काभ्रे । धुलिखेल नगरपालिका–२ रविओपीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुइ दाजुभाइको मृत्यु भएको छ । बा ४ छ ६३८६ नम्वरको ट्रिपरले वा ३६ प ५०५२ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुई दाजुभाईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा डिभिजन सब डिभिजन वन कार्यालय कटुञ्जे रोशीका वन रक्षक वेदप्रसाद कोईराला र उनका दाजु रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

उनीहरु दुबैलाई बनेपाको शिर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।