Logo माघ १३, २०७७ मंगलबार


प्रधानमन्त्री ओली गंगालाल हृदय रोग केन्द्रमा

काठमाडौं । प्रधानमन्त्री केपी ओली स्वास्थ्यमा समस्या भएपछि अस्पताल जानु भएको छ ।  प्रधानमन्त्री मुटुमा समस्या भएपछि बुधबार बाँसबारीस्थित  शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र जानु भएको हो ।

प्रधानमन्त्रीलाई बुधबार दिउँसो शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र लगिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ‘नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो’ उहाँले भन्नुभयो, ‘ भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन ।’

स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले राजीनामा मागेपछि प्रधानमन्त्री ओली तनावमा हुनुहुन्छ ।प्रधानमन्त्रीले केही दिन अघि आफूलाई भारतले पदबाट हटाउन लागेको अभिव्यक्ति दिएपछि स्थायी समिति बैठकमा उहाँको चर्को विरोध खेप्नु परेको हो ।

अभिव्यक्तिकै विषयलाई लिएर स्थायी समितिको मंगलबारको बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका १२ नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।