श्रावण २४, २०७७ शनिबार
Logo


चट्याङ लागेर चारको मृत्यु, सात जना घाइते

पर्सा । चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । बिहीबार बिहान खेतमा रोपाईँ गरिरहेको बेला एक्कासी चटयाङ पर्दा चार जनाको मृत्यु भएको हो । चट्याङबाट थप सात जना घाइते भएका छन् ।

फेटा गाउँपालिका वडा नम्बर १ मा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ । बिहान साँढे छ बजेको समयमा रोपाइँ गर्न खेतमा गएका महिलाको समूहमा चट्याङ परेको थियो ।

मृत्यु हुनेमा फेटा गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय टेन्डु देवी महतो र सोही गाउँकी ४० वर्षीया सोनरपति देवी महतो रहेका छन् । त्यस्तै कलैया उपमहानगर पालिका वडा नम्बर १२ सितलपुरका ४५ वर्षीया हलिमा खातुन र आशा देवी महतोको पनि चट्याङका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा थप ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको नायव प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभएको छ । घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…