मनाङ कोरोना संक्रमण मुक्त

मनाङ । हिमाली जिल्ला मनाङ कोरोना संक्रमण मुक्त बनेको छ । कोरोना संक्रमित एक ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै मनाङ कोरोना संक्रमण मुक्त बनेको हो । थप कोरोना संक्रमित नदेखिएकाले यहाँका आइसोलेसन र क्वारेन्टाइन पनि खाली गर्न थालिएको छ ।

जिल्लामा भेटिएका एक मात्र संक्रमित सोमबार निको भएर घर फर्किएसँगै मनाङमा अन्य संक्रमित फेला परेका छैनन् । कोरोना भाइरस संक्रमण पुष्टि भएको ११ औँ दिनमा संक्रमित घर फर्किएका हुन् । जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार एघार दिनको उपचारपछि पिसीआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको हो ।

कपिलवस्तुको वाणगंगा स्थायी घर भई मनाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो । अहिलेसम्म मनाङमा अन्य कुनै पनि मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा ३० जनाको पिसीआर परीक्षण गरिएकामा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताउनुभयो ।

हालसम्म जिल्लामा १ सय ६७ जनाको आरडिटी परीक्षण गरिएको छ । जिल्लामा निर्माण गरिएको ९३ शैया क्षमताको क्वारेन्टाइन र सात शैया को आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । जिल्लामा निर्माण गरिएका सबै आइसोलेसन र क्वारेन्टाइन अहिले खाली भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…