रोकिएनन् सल्यानमा करणीका घटना

मिना बुढाथोकी
सल्यान । कोरोना महामारीपछिको लकडाउनको समयमा जिल्लामा महिला हिंसाका घटना बढिरहेका छन् । लकडाउन खुकुलो भएपछि पनि यस्ता घटनामा कमी आउन सकेको छैन । गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरे यता जिल्ला प्रहरी कार्यालयमा ८ जबरजस्ती करणीका घटना दर्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बन्दाबन्दीको अवधिमा जिल्लामा आठवटा बलात्कार तथा बलात्कार प्रयासका घटना अन्तर्गतका मुद्दा दर्ता भएका हुन् । त्यस्ता घटनामा एक ९ वर्षीया बालिकासहित किशोरीहरु बढी पीडित बनेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो । उहाँका अनुसार केही दिन अघिमात्र जिल्लामा १३ वर्षीया बालिकालाई आफ्नै बुवाले बलात्कार गरेको घटना बाहिर आएको थियो ।

बन्दाबन्दीको समयमा प्राय सबै परिवारसँगै बस्ने भएकाले बालबालिकालाई परिवारले यौन शिक्षाका बारेमा जानकारी दिन जरुरी रहेको सरोकारवालाहरु बताउँछन् । शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले महिला र बालिकामा हुने बलात्कार लगायत यौन हिंसाका घटना अझैपनि खुलेर बाहिर आउन नसकेको बताउनुभयो । समाजमा आफन्त वा छिमेकीबाट बलात्कार र यौनजन्य घटना बाहिर आएमा समाजको डरले घटना लुकाइ रहेको अवस्था हुँदा यस्ता विषयमा चेतनाको विकास गर्नुपर्ने शारदा नगरपालिका वडानम्बर २ डाँडागाँउकी स्थानीय तिला केसीको भनाइ छ ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जबरजस्ती करणीका १२ र जबरजस्ती करणी उद्योगका ६ घटना भएकोमा बन्दाबन्दीको तीन महिनामा ८ घटना घटेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पछिल्लो समय बन्दाबन्दीमा देखिएका घटनाक्रमले समाजको चेतनाको स्तरलाई अझै उदांगो बनाइदिएको छ । त्यसैले स्थानिय प्रशासन, तिनै तहका सरकार र नागरिकहरुले समेत यसबारेमा गम्भीर बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…