क्वारेन्टाइनबाट घर गएको दुई दिनपछि रिपोर्ट पोजेटिभ

हुमाकान्त पोखरेल
गुल्मी । चन्द्रकोट गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । चन्द्रकोट गाउँपालिका–१ दिब्रुङस्थित ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

उनी जेठ ११ गते भारतबाट आएका थिए । दिब्रुङस्थित शारदा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि पिसिआर परिक्षणको लागि उनको स्वाब संकलन गरिएपनि लामो समयसम्म रिपोर्ट नआउँदा गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारी परिवारलाई गरायो ।

असार १५ गते उनी क्वारेन्टिनमुक्त भए । तर क्वारेन्टाइनमुक्त भएको दुई दिनपछि आएको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छिमेकी सागर अर्यालले बताए । उनी क्वारेन्टाइनमुक्त भएपछि उनी परिवारका साथसाथै गाउँ–टोलका मानिससँग समेत सम्पर्कमा आएको अर्यालले बताए । गाउँपालिकाले हचुँवाको भरमा नआएको रिपोर्टलाई नेगेटिभ आएको झुटो जानकारी गराउँदा सिङ्गो गाउँ नै असुरक्षित भएको स्थानीयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले उक्त पुरुषलाई बुधबार साँझ कोरोना पुष्टि भएको बताए ।

गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले गाउँपालिकाको तर्फबाट पिसिआर रिपोर्टको सुचना प्रवाहबारे आफूलाई जानकारी नभएको तर नेगेटिभ आएको सुचना प्रवाह गर्नु गलत भएको बताउनुभयो । तर उहाँले स्वाब संकलन गरेपनि कुनै लक्षण नदेखिएकालाई निश्चित समय पुगेपछि पिसिआर रिपोर्ट नआउदैँ पनि घर पठाउन सकिने संघिय सरकारको  कार्यविधिअनुसार उक्त पुरुषलाई घर पठाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…