Logo माघ १२, २०७७ सोमबार


‘पार्टीका केही नेता चोइटिएर जान सक्छन्’

वरिष्ठ नेता खनालसँगको विशेष सम्वाद जनता टेलिभिजनबाट अहिले राति ९ः ३० बजे प्रसारण हुनेछ

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन नहुने बताउनु भएको छ । सत्तारुढ दल नेकपामा अहिले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच टकराव भइरहेकाे छ ।

अध्यक्षद्वयबीचको टक्करको कारण  नेता तथा कार्यकर्ताले पार्टी फुट्ने त होइन ? भनेर आशंका तथा चिन्ता गरिरहेका छन् । यही बेला वरिष्ठ नेता खनालले जनता टेलिभिजनको विशेष संवादमा पार्टी विभाजन नहुने बताउनु भएको हो । यद्यपि यस्तै स्थिति भइरहे पार्टीका केही नेता भने ‘चोइटिएर जानसक्ने’ उहाँको भनाई छ । ‘पार्टी विभाजन हुँदैन तर यस्तै स्थिति भइररहे केही नेता चोइटिएर जान सक्छन्’ उहाँले भन्नुभयो ।

वरिष्ठ नेता खनालले पार्टीमा उत्पन्न विवाद अन्त्यका लागि प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने समेत बताउनुभएको छ । वरिष्ठ नेता खनालसँगको विशेष संवाद जनता टेलिभिजनबाट अहिले राति ९ः ३० बजे प्रसारण हुनेछ   ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…