श्रावण २४, २०७७ शनिबार
Logo


विद्यार्थी नेतालाई देउवाले भने, नेविसंघ कहाँ छ ?

नेविसंघलाई गाउँ जान निर्देशन

कमला हमाल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ पछिल्लो समय खोज्नुपर्ने अवस्थामा रहेको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रिय कार्यसमितिले शान्ति वाटिकामा आयोजना गरेको रक्तदान कार्यक्रममा सभापति देउवाले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

नेविसंघको अध्यक्ष भएको मान्छे आफू तीन तीन पटक प्रधानमन्त्री भइसकेको बताउनुहुँदै सभापति देउवाले नेविसंघको अहिलेको तालले यस्तो पद पाउन मुस्किल हुने बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘नेविसंघ जहाँ पनि हारेको हा¥यै छ, हामीले जता पनि जित्थ्यौंंै, अहिलेका नेविसंघका नेतालाई लाज लाग्दैन ? खै नेविसंघको नेतृत्व गाउँ गाउँमा गएको ।’ विद्यार्थी र जनताको बीचमा विद्यार्थी संगठन देखिन छोडेको भन्दै सभापति देउवाले नेविसंघलाई गाउँगाउँमा गतिविधि बढाउन निर्देशन दिनुभयो ।

नेविसंघ पछिल्लो समय महाधिवेशन रोकिएर तदर्थ समितिको भरमा चलिरहेको छ । तदर्थ समितिको म्याद पनि घर्किंदै छ । नेपाली कांग्रेसको नर्सरीको रुपमा मानिने नेविसंघमा देखिने नेतृत्वको समस्या कहिले टुंगिन्छ भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, ‘अब विस्तारै मिल्छ, नेविसंघका नेताहरु एक आपसमा मिलेको भए पहिले नै टुङ्गिने थियो । तपाइँहरु नमिलेकाले रोकिएको त हो नि ?’ सभापति देउवाले कोरोना महामारीका बेला नेविसंघले सार्वजनिक कार्यक्रम आयोजना गरेको प्रतिसमेत असन्तुष्टि जनाउनुभयो ।

नेविसंघका अध्यक्ष राजिव ढुगांनाले नेविसंघले सरकारले गर्ने हरेक जनविरोधी क्रियाकलाप र विद्यार्थीका सरोकारसँग सम्बन्धित विषयको खबरदारी गरिरहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीको अवसरमा नेविसंघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको रक्तदान कार्यक्रममा करिब ३ सय बढीले रक्तदान गर्ने जनाइएको छ । कार्यक्रम सञ्चालन कार्यक्रम संयोजक तथा महामन्त्री उर्मिला थपलियाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…