‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ’

काठमाडाैं । उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड-१९ संकट व्यवस्थापन समिति’ले काठमाडौंको बसन्तपुर न्यूरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा समितिका संयोजक एवं नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज र किस्ता, सरकारलाई डिमाण्ड शुल्क, घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्नेगरी सम्बन्धित सबैपक्षलाई सडकमा आई ध्यानाकर्षण गरिएको बताउनुभयो । उहाँले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरेको अवस्थामा पनि नियामक निकाय नेपाल राष्ट्र बैंकको स्पष्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताउनुभयो । उहाँले असार महिना भित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंक समक्ष माग गरिएको बताउनुभयो ।

उद्योगी व्यवसायीहरु ‘आफू पनि बाचौं अरुलाई पनि बचाऔं, कोरोनामय अर्थतन्त्र सबै मिलि जोगाऔं’, ‘उद्योगी व्यवसायी घरधनी बैैंक सबै मिलौँ, सहकार्य र सहयोगको वातावरण बनाऔँ’, ‘घरधनी हामीलाई प्यारो छ, महामारीमा हामीलाई गाह्रो छ’, ‘जबरजस्ती ब्याज असुल गर्न बन्द गर’ लेखिएका ब्यान लिएर सडकमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…