श्रावण २४, २०७७ शनिबार
Logo


आत्महत्या गरेका युवकमा कोरोना पुष्टि

नवीन लोचनमगर
रोल्पा । दुबईबाट फर्किएर होमक्वारेटाइनमा बसिरहेकै अवस्थामा आत्महत्या गरेका रोल्पाका एक युवकमा कोरोना देखिएको छ । आत्महत्या गरेका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान नेपालीको कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

असार १० मा दुबईबाट आएका उनी होम क्वारेटाइनमा बस्दै आएका थिए । छिमेकी काकाको खाली गोठमा एक्लै बसिरहेका उनले बुधबार
दिउँसो झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । विद्यालयको क्वारेन्टाइनमा ठाउँ अभाव भएपछि उनलाई गोठमा राखिएको थियो ।

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीको भनाई छ । मृतक ऐभानको शवलाई पोष्टमार्टमका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको गंगादेव गाउँपालिका–५, का वडाध्यक्ष मानबहादुर डाँगीलाई उदृढ गर्दै गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले जानकारी दिनुभयो । मृतकको परिवार तथा शव बोकेका व्यक्तिहरुलाई समेत पिसिआर परीक्षण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…