श्रावण २४, २०७७ शनिबार
Logo


लकडाउनका कारण हवाई क्षेत्रमा ३४ अर्ब क्षति

काठमाडौं । लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले कलडाउन शुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो ।

सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरेपनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्नसक्ने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनरकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ ।

लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पुर्याइएको छ । मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नविकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ९१ प्रतिशत काम भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रन वे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम शुरु भएको छ ।

मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यू टावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकिकृत विद्युतीय सञ्जाल सम्बन्धी एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र यूरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडान मार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्वार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेशी नागरिक स्वदेश प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…