श्रावण २४, २०७७ शनिबार
Logo


अनलाइन कराते कातामा नेपाललाई ४ स्वर्ण

काठमाडौं । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । नरहरिपुर कराते डोजोमा मच्छेगाँउ चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् ।

उनले श्रीलङ्काकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै ७ वर्ष मुनिको प्रतिस्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे । ८ वर्ष मुनिको स्पर्धामा सत्कार घर्ती मगरले स्वर्ण हात पारे । उनले श्रीलङ्काका थरुशा लकमललाई पराजित गरेका थिए । यसैगरि महिला १० वर्ष मुनिको स्पर्धामा दिक्षा महताराले स्वर्ण जितिन् । उनले ईरानकी साबा रोहीलाई पराजित गरेकी थिइन् ।

ईन्टरनेशनल सोतोकान कराते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालका खेलाडीले ३ रजत पनि हात पार्न सफल भएका छन् । रजत हात पार्ने खेलाडीहरुमा पुरुष क्याडेटतर्फ मनिष कार्की रहेका छन् । यस्तै महिला ९ वर्ष मुनिको स्पर्धामा स्वेता तामाङ र १३ वर्ष मुनिको समूहमा श्रृजना महताराले रजत प्राप्त गरिन् ।

२ जुलाईदेखि सञ्चालन भएको च्याम्पियनसिपमा ९ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगर र १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले कास्य पदक प्राप्त गरे ।

च्याम्पियनसिप ५ जुलाईसम्म सञ्चालन हुने प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धरले जानकारी गराएका छन् । मानन्धरले सद्गुरु मास्टर्स अनलाइन कराते काता च्याम्पियनसिप २०२० मा नेपालका लागि रजत पदक हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…