काठमाडौ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकद्वारा जारी विज्ञप्तिमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउंडेशनलाई सहयोग गरेको बताएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्नुभयो । शर्माले फाउंडेशनले गरेको सामाजिककामको प्रशंसासमेत गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड–१९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सनराइज बैंकप्रति कृतज्ञता जनाउनुभयो ।
फाउंडेशनले नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा विस २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गरिदिएको थियो ।