श्रावण २४, २०७७ शनिबार
Logo


प्रदेश २ को प्रोफाइल सार्वजनिक

प्रमोदकुमार साह
जनकपुरधाम । प्रदेश नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र (प्रोभिन्सियल प्रोफाइल) सहित चारवटा पुस्तक शुक्रबार सार्वजनिक गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रम बीच नीति आयोगका अध्यक्ष समेत रहनुभएका मुख्यमन्त्री लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदन रहेको छ । कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘तथ्य र तथ्यांक बिना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिँदैन, त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको छ यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पुस्तकको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारको यो पहिलो प्रयास हो, अगामी दिनमा यसलाई अझै परिस्कृत गरिने छ ।’ कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…