श्रावण २४, २०७७ शनिबार
Logo


एकता बचाउन नेकपा पार्टी कार्यालयमा धर्ना

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बचाउन माग गर्दै नेकपाका नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा नेताहरुबीच विवाद भएपछि पार्टी फुट्ने सम्भावना बढेकाले एकता बचाउन धर्ना दिइएकाे हाे ।

पार्टी विधि, विधान र पद्धति अनुसार चल्न नसके समस्या आउने भएकाले सबैले विधि पद्धति अनुसार अगाडि बढ्नुपर्ने उनीहरुको माग छ । नेकपा केन्द्रीय सदस्य विजय पौडेलले नेताहरुले पार्टीको बैठकबाटै समाधान निकाल्नुपर्ने बताउनुभएकाे छ । बैठक बाहिरबाट समाधान नहुने उल्लेख गर्दै उहाँले सामुहिक छलफलबाट नै निष्कर्ष निस्किने बताउनुभयो । नीतिलाई प्राथमिकतामा राखेर अगाडि बढेमा समस्या समाधान हुने उहाँकाे भनाइ थियाे ।

अर्का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीमा विधि र विधानभन्दा व्यक्ति प्रधान भएर अगाडि बढ्दा यस्तो समस्या आएको बताउनुभयो । व्यक्तिगत स्वार्थ र स्वेच्छाचारी ढंगले नेताहरु अगाडि नबढेको भए यस्तो सममस्या नआउने उहाँले बताउनुभयो । विधि, विधान र पार्टीको बैठकबाट नै अहिलेको समस्याको समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो ।

अर्का सदस्य जगन्नाथ खतिवडाले पार्टी विभाजन गर्ने तत्वहरु सल्बलाउन लागे उनीहरु एक्लो पर्ने बताउनुभयो । पार्टी विभाजनको सोच राख्नेहरुले सपना देखेपनि एक्लै हुने जिकिर गर्दै उहाँले पार्टी पंक्तिलाई कुनै क्षति नपुग्ने बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई नडराएर पार्टी एकताको पक्षमा वकालत गर्न आग्रह गर्नुभयो । सबै समस्याको समाधान सम्बाद र विधानको पालना गरेर निस्किने उहाँले बताउनुभयो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने पक्ष बलियो हुँदै गएको छ । मदन जन्म जयन्तीका अवशरमा पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न खोजेको र नेपालका नेताहरु समेत त्यसमा सक्रिय रहेको अभिव्यक्ति दिएपछि पार्टी भित्र विवाद बढेको हो ।

स्थायी समिति बैठकमा ओलीको राजीनामा माग्ने पक्षको आवाज बलियो हुँदै गएपछि ओलीले बैठक छल्दै आउनुभएको छ । सरकारले अचानक संसद बैठक अन्त्य गर्ने निर्णय गरेपछि पार्टी फुटाउने अध्यादेश फेरी आउने आशंका नेकपा नेताहरुले गरिरहेका छन् । दुई अध्यक्षबीचमा छलफलका लागि भन्दै नेकपाको स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…