काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना महामारीको रोकथामका लागि सरकारलाई सहयोग गर्न र सचेत गराउन गठित ‘कोभिड—१९ अनुगमन समिति’ लाई पूर्णता दिएको छ । कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गरेर अनुगमन समितिलाई पूर्णता दिइएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत जेठ २६ गते बसेको बैठकले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा ‘कोभिड—१९ अनुगमन समिति’ गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुसहित ३५ सदस्य मनोनित गरेर समितिलाई पूर्णता दिइएको समितिका सदस्य सचिव डा. प्रदीप पराजुली जानकारी दिनुभयो ।
सहमहामन्त्री डा. महतको संयोजकत्वमा गठित समितिमा एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी सदस्य रहेका छन् । राजिब विक्रम शाह, नैनसिंह महर, बद्री सिग्देल, डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्राडा धनेश्वर नेपाल, डा. किरण रेग्मी, रवीजंग पाण्डे, बद्री अर्याललाई पनि समितिको सदस्यमा मनोनयन गरिएको सदस्य सचिव डा. पराजुलीले बताउनुभयो ।
यस्तै लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दिपकराज भट्ट, सरिन घिमिरे, विमल ढकाललाई पनि सदस्यमा मनोनयन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा कोभिड–१९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा स्वास्थ्यमन्त्री र अर्थमन्त्रीहरुसँग भएको छलफल, क्वारेन्टाइन अनुगमन गर्दाको अवस्था लगायतका विषयमा संयोजक महतले जानकारी गराउनुभएको थियो ।