श्रावण २४, २०७७ शनिबार
Logo


पहिरोका कारण दुईको मृत्यु, एक बेपत्ता

हुमाकान्त पोखरेल
गुल्मी । पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ का दुईजनाको मृत्यु भएको हो भने मुसिकोट नगरपालिका वडा नम्बर २ का एकजना बेपत्ता भएका छन् । पहिराले इस्मा गाउँपालिकाको १ हस्तिचौरका १८ महिनाका सिजन सारुको मृत्यु भएको छ ।

पहिरोले गोठ (बंगालो) बगाउँदा बसन्त सारु र उनकी श्रीमती सृजना सारु घाइते भएका छन् । सिजन बसन्त सारुका छोरा हुन् । त्यस्तै पहिरोले हस्तिचौरकै रिख बहादुर खत्रीको घर बगाउँदा ७ बर्षकी छोरीको अपेक्षा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । बालिकाकी आमा इश्वरा खत्रीको जिवितै उद्धार गरिएको छ । तर अवस्था गम्भीर रहेको छ । घरका पुतला खत्री र टीका खत्री पनि घाइते भएका खड्काले बताए । मुसिकोट नगरपालिका वडा नम्बर २ का भागीरथ घिमिरे पहिरोमा पुरिएर बेपत्ता भएका छन् । बिहीबार रातिबाट बेपत्ता घिमिरेको अवस्था अझै पत्ता लागेको छैन । तर उनको उद्वार कार्य भने जारी रहेको छ ।

डेढ सय घर जोखिममा, क्वारेन्टिनसमेत पुरियो बिहीबार रातिको पहिरोले इस्मा गाउँपालिकाका डेढ सय घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । गाउँपालिका उपाध्यक्ष बिमला खत्रीका अनुसार इस्मा गाउँपालिका १ हस्तिचौरमा मात्रै एक सय १६ घर, वडा नम्बर ४ दोहलीमा करिव २० घर र अन्य वडामा गरेर डेढ सय घर परिवार बिस्थापित भएका छन् । उनले पहिरोले बिस्थापित हस्तिचौरका परिवारको हिमालय माविमा व्यावस्थापन गर्ने काम अगाडि बढेको बताइन् ।

त्यस्तै वडा नं ४ दोहलीमा करिव २० घर परिवार बिस्थापित भएका छन् । बिहीबार रातिको वर्षाले कालिका निमावि पुरेको छ । विद्यालयमा क्वारेन्टाइन संचालन भएकाले ५ जना आरडिटी पोजेटिभ व्यक्ति बसेका थिए । पहिरो खसेपछि उनीहरु भागेर घरमा गएर होम क्वारेन्टाइनमा बसेको वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दोहलीकै न्वाला, छोटडाँडा, रातापानी र खासु गाउँका २० घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…