Logo बैशाख ३१, २०७८ शुक्रबार


फ्रान्समा कर्मचारी नै प्रधानमन्त्रीमा नियुक्ति

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रोनले एक जना वरिष्ठ सरकारी कर्मचारीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । फ्रान्समा कोरोना भाइरस संक्रमणबीच खुकुलो बनाउने नीति ल्याउनुभएका सरकारी कर्मचारी जिन कास्टेक्सलाई राष्ट्रपति मैक्रोनले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

फ्रान्सको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै जिन कास्टेक्सलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको र सरकार गठनको कार्यादेश दिइएको उल्लेख गरेको छ ।

इडौर्ड फिलिप नेतृत्वको सरकारले शुक्रबार राजीनामा गरेको थियो । गत साता सम्पन्न स्थानीय चुनावमा राष्ट्रपति मैक्रोनको दलले ठूला शहरमा चुनावमा हार बेहोरेको थियो । कोरोना संक्रमणबाट निम्तिएको आर्थिक मन्दीलाई रफ्तार दिन राष्ट्रपति मैक्रोनले नयाँ सरकार गठन गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…