श्रावण २४, २०७७ शनिबार
Logo


खोकनामा प्रहरी–बासिन्दा झडप : रोपाइँमै अश्रुग्यास र हवाइ फायर

ललितपुर । ललितपुर । ललितपुरको ऐहिासिक बस्ती खोकनामा रोपाइँमै अश्रुग्यास र हवाइ फायर भएको छ । फाष्ट ट्रयाकमा पर्ने जग्गामा बासिन्दाले विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै धान रोपेपछि प्रहरीसँग झडप भएको हो । झडपमा प्रहरीले धान रोरिहेका किसानमाथि अश्रुग्यास र हवाइ फायर गरेको छ ।

किसान सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो । नेवा समुदायको आफ्नो भूमि माथिको अधिकार भएपछि सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताउनुभयो । ३ हजार वर्ष अगाडिको नेवाः सभ्यता विनास गर्न खोज्ने सरकारको कामका विरुद्ध धान रोपेर विरोध गरिएको उहाँले बताउनुभयो ।

किसानहरु संयुक्त रुपमा धान रोपाईँ गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि नाराबाजी शुरु गरेका थिए । स्थानीयहरु रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटो कोदालोसहित कुदेश, सिकाली हुँदै खुडोल पुगेका थिए । उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न शुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होशियार’, ‘सम्पूर्ण किसान एक होउ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो । खेत रोपाइँमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भीडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको छ।

बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । झडपमा केही घाइते समेत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…