श्रावण २४, २०७७ शनिबार
Logo


भोलिदेखि सार्वजनिक बस चल्ने

फाइल तस्बिर

काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता अपनाउन मुलुकमा चैत ११ गतेदेखि लकडाउन गरिएसँगै सार्वजनिक तथा भाडाका सबै सवारी साधन बन्द भएका छन् ।

सरकारले आउँदो साउन ७ गतेसम्म मुलुकमा लकडाउन अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको छ । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले ‘लामो समयको लकडाउनले व्यवसायी तथा मजदुर आर्थिक संकटमा परेको,  र सरकारले पनि राहत उपलब्ध नगराएको’ भन्दै सार्वजनिक बस आइतबारदेखि चलाउने निर्णय गरेको हो ।

महासघको निर्णय अनुसार सार्वजनिक बस करिब सय दिनको अन्तरालपछि संचालन हुन लागेको हो ।  सरकारले निजी सवारी साधन संचालन भइरहेको अवस्था सार्वजनिक सवारीलाई मात्र रोक्नु उपयुक्त नहुने यातायात व्यवसायीको भनाइ छ । व्यवसायीले सरकार मजदुरप्रति गम्भीर नभएको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…