श्रावण २४, २०७७ शनिबार
Logo


प्रवासी मञ्चद्वारा विधि अनुसार पार्टी सञ्चालन गर्न नेतृत्वलाई ध्यानाकर्षण

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभिन्न मुलुकका प्रवासी नेपाली एकता मञ्चले एकता बलियो बनाएर पार्टीलाई विधि, विधान, पद्धति र प्रकृयाबाट सञ्चालन नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । प्रवासी नेपाली एकता मञ्चले अपिलमार्फत कम्युनिष्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम पार्टी अघि बढाउनका नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रवासी नेपाली एकता मञ्च बेलायत अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, अमेरिकाका अध्यक्ष प्रभु थापा र सचिव प्रकाश अधिकारी, बेल्जियमका अध्यक्ष जीत लामा र सचिव वोधराज पौडेल, अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे र सचिव प्रवीण कंडेल, अष्ट्रियाका अध्यक्ष धर्मराज खतिवडा र सचिव रविचन्द्र भट्टराई, मलेशिलाका अध्यक्ष रमेशप्रसाद तिवारी र सचिव दयाराम कुमाल, आयारल्याण्डका अध्यक्ष सुकमान लामा र सचिव चन्द्रकला निरौला, स्पेनका अध्यक्ष हेम शेर्पा र सचिव अशोककिरण न्यौपाने, साउदी अरबका अध्यक्ष शिवराज जैसी र सचिव राजु खनाल, इटालीका अध्यक्ष धर्मराज पाण्डे र सचिव हरिभक्त काराखेती, चेकका अध्यक्ष उत्तम आचार्य र सचिव यदुराम पन्थी, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य र सचिव शम्भुप्रसाद पोखरेल, पोर्चुगतका अध्यक्ष गोविन्द पौडेल र सचिव स्लराज भण्डारी, पोल्याण्डका .अध्यक्ष टंकबहादुर कटुवाल र  सचिव विनोदकुमार आचार्यले नेतृत्वलाई ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै, ध्यानकर्षण गराउनेहरूमा फिनल्याण्डका अध्यक्ष कोमल पौडेल र सचिव मनोज भुसाल, फ्रान्सका अध्यक्ष भक्त वाग्ले र सचिव मनोज पौडेल, रुसका अध्यक्ष डा मनमूर्ति भुर्तेल र सचिव इन्द्रप्रसाद भुसाल, स्वीट्जरल्याण्डका अध्यक्ष अच्युतप्रसाद फुयाल  र सचिव विक्रम केसी, साइप्रसका अध्यक्ष रमिला राई रसचिव केशव ठकुरी, नर्वेका अध्यक्ष विश्वास बजगाई र सचिव सन्तोष भण्डारी, बहराइनका अध्यक्ष शालिग्राम पन्त र सचिव नारायण विक, इजरायलका अध्यक्ष तीर्थ गौतम र सचिव अनिरुद्ध जोशी, कतारका अध्यक्ष  चानक पोखेरल र सचिव  मोहन कार्की, दक्षिण कोरियाका अध्यक्ष  परशुराम सापकोटा र  सचिव दिलिप धिताल, क्यानडाका अध्यक्ष  रमेश थापा र  सचिव  अशोक खड्का,  डेनमार्कका  अध्यक्ष उदयराज गौतम र सचिव  कृष्ण धानुक,  स्वीडेनका  अध्यक्ष  मदन ढकाल र  सचिव  गंगाप्रसाद घिमिरे, नेदरल्याण्ड्सका अध्यक्ष प्रेमकाजी गुरुङ र सचिव थानेश्वर गौतम,   कुवेतका अध्यक्ष  राजकुमार थापा र  सचिव  मनु भुजेल मगर, ओमानका  अध्यक्ष रमेश विक रसचिव  महेशप्रसाद न्यौपाने, रहेका छन् ।

न्यूजील्याण्डका अध्यक्ष  आत्माराम खनाल,   मकाउका  अध्यक्ष  शिव थापा र  सचिव  मनोज धामी, हङकंङका  अध्यक्ष  जे वी ओख्राबु र सचिव  भक्त गुरुङ,  जापानका  अध्यक्ष  हवलचन्द्र लामा र  सचिव  शालिकराम भण्डारी, भारतका  अध्यक्ष  लोकनाथ भण्डारी र  सचिव  ईश्वरी भण्डारीले संयुक्त रूपमा नेकपा नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

प्रवासी नेपाली मञ्चले पछिल्लो समय अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको खटपट आपसी संवाद र छलफलबाट समाधान गर्नु सुभलाव दिएका छन्  । ‘हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन’ विभिन्न मंचका अध्यक्ष र सचिवहरुले संयुक्त रुपमा जारी गरेको अपिलमा उल्लेख छ , ‘पार्टीलाई विधि, विधान, पद्धति र प्रकृयाबाट अघि बढाउदै कम्युनिष्टि आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि बढाउनका लागि पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकीकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउदै सार्थक निष्कर्षमा पुर्याउने अठोटसाथ तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रित छलफल गर्न आग्रह गर्दछौँ ।’

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् । ‘झण्डै दुई तिहाई बहुमतको सरकार सञ्चालन गर्न नेपाली जनताले नेकपालाई दिएको जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले अपेक्षा गरिरहेको कुरा स्मरण गराउन चाहन्छौं’ संयुक्त अपिलमा भनिएको छ, ‘ प्रवासका विभिन्न मुलुकमा रहेका हामी प्रवासी नेपाली एकता मंचहरु, पार्टी सदस्यहरू, समर्थकहरू, शुभचिन्तकहरू शीर्ष नेताहरु र दोस्रो पुस्ताका पार्टी नेताहरुलाई ज़िम्मेवारी पूर्वक संयमित भई नेकपाको एकता कामय राख्न आआफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न हार्दिक अपि गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…