श्रावण २४, २०७७ शनिबार
Logo


नेकपा स्थायी समिति र संसदकाे मुद्दा फरक हाे : मन्त्री यर्याल

काठमाडाैं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले स्थायी समितिका एजेण्डासँग संसद कारबाहीले मेल नखाने बताउनुभएको छ ।

मन्त्री अर्यालले सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकका एजेण्डा र संसद अधिवेशनका विषयहरु नितान्त फरक भएको बताउनुभयो । संसद कहिले शुरु गर्ने, कहिले अन्त्य गर्ने, संसदलाई के विजनेश दिने भन्ने विषय सरकारको भएकाले पार्टीको एजेण्डासँग कुनै पनि हालतमा मेल नखाने उहाँले दाबी गर्नुभयो । बजेट ल्याउनका लागि मात्रै सरकारले अधिवेशन शुरु गरेको उल्लेख गर्दै उहाँले छलफलका कुनै एजेण्डा र विजनेश नभएकाले संसद अन्त्य भएको बताउनुभयो ।

९८ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले पछिल्ला घटनाक्रमहरुले विकास निर्माणका काममा अवरोध पुर्याएको पनि बताउनुभयो । विकास निर्माणका क्षेत्रमा सरकारले गरेका कामहरुको परिणाम देखिने समयमा अहिलेको परिस्थितिले ‘डिस्टर्व’ गरेको उहाँको भनाइ छ ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…