श्रावण २४, २०७७ शनिबार
Logo


अमेरिकासँग वार्ता गर्नु जरुरी छैन : उत्तर काेरिया

काठमाडाैं । उत्तर कोरियाले अमेरिकासँग वार्ता गर्न जरुरी नभएको बताएको छ । प्योङयाङका उच्च कूटनीतिज्ञले आज यस्तो बताएका हुन् । दक्षिण कोरियाले उत्तरसँग सम्बन्ध सुधार्न चाहेको धारणा सार्वजनिक गरेको केही दिनमै उत्तरबाट यस्तो प्रतिक्रिया आएको हो ।

उत्तर कोरियाली उपविदेशमन्त्री चोए सोन हुइले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्ता गर्नुपर्ने आफूहरुलाई महसुस नभएको जनाएका हुन् । यसअघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी अक्टोबरमा वार्ताका लागि आग्रह गर्ने बताएका थिए ।

जवाफ स्वरुप उत्तरका अधिकारीले अमेरिकासँग वार्तामा बस्ने महसुस नभएको बताएका हुन् । २०१९ मा भियतनामको हनोइमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो । तर उक्त वार्ताका शर्तहरु दुवै देशबाट उल्लंघन भएपछि अर्को चरणको वार्ताको वातावरण बन्न सकेको छैन ।

अमेरिका र उत्तर कोरियाबारे जानकार विज्ञहरुले भने ट्रम्प र किमबीच वार्ताले अमेरिकामा आगामी नोभेम्बरमा हुने निर्वाचनको परिणाम प्रभावित हुनसक्ने तर्क गरेका छन् तर यस्तै अवस्थामा अमेरिका र उत्तर कोरियाबीच अर्को चरणको वार्ता अघि बढ्नसक्ने सम्भावना नदेखिएको अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…