Logo माघ ६, २०७७ मंगलबार


‘अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्नेछु’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँगको छलफलमा त्यस्तो बताउनु भएको हो ।  प्रधानमन्त्रीले राष्टपतिसँगको भेटपछि मन्त्री तथा राज्यमन्त्रीहरुसँग पार्टीको विवादको पछिल्लो अवस्थाबारे परामर्श गर्नुभएको हो ।

प्रधानमन्त्रीले छलफल पार्टी एकता बचाउन आफूले प्रयास गरिरहेको समेत बताउनु भएको एक मन्त्रिपरिषद् स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले छलफलमा मन्त्रीहरुसँग ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ, त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ भन्नु भएको छ । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारतको बढी हात रहेको समेत बताएको स्रोतको भनाई छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीले छलफलमा पार्टीभित्रै केही समूहले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको सूचना आफूले पाएको समेत बताउनु भएको थियो । प्रधानमन्त्रीले त्यस्तो सूचना पाए पछि आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्रीले छलफलमा देश र पार्टीलाई दुर्घटना हुनबाट बचाउने आफूले अन्तिमसम्म प्रयास गर्ने प्रसंग पटक–पटक दोहोर्याउनु भएको स्रोतको भनाई छ । छलफलमा प्रधानमन्त्रीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले पार्टी कुनै पनि हालतमा फुटाउन नहुने धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।