श्रावण २४, २०७७ शनिबार
Logo


करेन्ट लागेर ४ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थामा करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु भएको छ । झापा, मोरङ, महोत्तरी र सप्तरीमा गरी शनिबार करेन्ट लागेर चार जनाको मृत्यु भएको हो ।

झापा मेचीनगर नगरपालिका–१४ दुवागढीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दुवागढी बस्ने २७ वर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । वाइरिङ तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको बिएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको रतुवामाई नगरपालिका–९ पाण्डे टोल बस्ने ३२ वर्षीय खेम बहादुर भुजेलको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । खेम बहादुर र उनकी ३० वर्षीया पत्नी नैनकला भुजेल घर अगाडि बिजुलीको पोलमा बाँसले वाईफाईको तार मिलाउने क्रममा अचानक दुवैलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका खेम बहादुरको उर्लाबारीस्थित अरनिको अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । घाइते नैनकलालाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ ।

महोत्तरीको बर्दीबास नगरपालिका–५ नमुना टोल बस्ने २८ वर्षीय चुडाराज थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै कुखुरा फर्ममा पंखामा तार जोड्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका उनलाई शुभ स्वस्तिक अस्पताल बर्दिबासतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सप्तरीको शम्भुनाथ नगरपालिका–८ भेडिया टोल बस्ने १८ वर्षीया सुजिता कुमारी चौधरीको पंखा चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई एडभान्स अस्पताल कल्याणपुर हुँदै थप उपचारको लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चारवटै घटनाका विषयमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…