सुल्झिँदै नेकपा विवाद, सहमति नजिक ओली– दाहाल

फाइल तस्बिर

काठमाडौं । केही दिनदेखि बल्झिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सुल्झिने संकेत देदेखिएको छ ।  अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमति नजिक पुगेपछि विवाद समाधान हुने संकेत देखिएको हो ।

अध्यक्षद्वय ओली र दाहालबीच वार्तापछि चरमोत्कर्षमा पुगेको विवाद अन्त्य हुने छनक देखिएको हो । अध्यक्षद्वय ओली र दाहालबीच आइतबार दिउँसो प्रधानमन्त्री निवासमा विवाद समाधानका लागि गम्भीर छलफल भएको छ । दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र पूर्वमन्त्री तथा स्थायी समिति सदस्य जनार्द्धन शर्मा समेत सहभागी हुनु भएको थियो ।

दुई अध्यक्षबीच आशंका र दुरी बढाउने क्रियाकलाप रोक्ने सहमति भएको छलफलमा सहभागी नेतालाई उदृत गर्दै नेकपा सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार अध्यक्षद्वय ओली र दाहाल पार्टीलाई विगतमा भएका समझदारीको आधारमा अगाडि बढाउन सहमत हुनुभएको छ ।  सोमबार बिहान स्थायी समिति बैठकअघि पुनः दुई अध्यक्षबीच छलफल छलफल गर्ने सहमति भएको छ । अध्यक्षद्वय बीच सहमतिको खाका कोर्ने जिम्मेवारी महासचिव पौडेल, मुख्यमन्त्री पोखरेल, मन्त्री पुन र पूर्व मन्त्री शर्मालाई नै दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…