नेकपा एकता कायम राख्न केन्द्रीय सदस्यहरूकाे सत्याग्रह (फाेटाेफिचर)

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्वबीचको विवाद सार्वजनिक भएपछि केन्द्रीय सदस्यहरुले त्यसविरुद्ध खबरदारी गरिरहेका छन् ।
केन्द्रीय सदस्यहरुले एकता कायम राख्न र पार्टीलाई विधिसम्वत ढंगले सञ्चालन गर्नकाे लागि दबाब दिने उदेश्यले पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रबारदेखि थालेकाे सत्याग्रह साेमबार पनि जारी छ।
उनीहरुले पार्टी नेता प्रधान नभएर नीति प्रधानमा चल्नुपर्ने माग राखेका छन्। केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।
सरकारको काम, नेतृत्व र सहभागितालाई व्यवस्थित गर्न चालू स्थायी समितिको बैठकमा नेतृत्वको समीक्षा हुनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । धर्नामा डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रविन कोइराला, भास्कर काफ्ले, हिमाल शर्मा, लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।
केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा शुरु गरेको सत्याग्रहकाे देशभरका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । केन्द्रीय सदस्यहरुले जिल्ला जिल्लामा समेत यस्तो अभियान सञ्चालन गर्न आव्हान गरेका छन् ।