शीर्ष नेतालाई दबाब दिँदै नेकपाका कार्यकर्ताको धर्ना

झापा । शीर्ष नेतालाई विधि र पद्धतिमा राख्न दबाब दिँदै झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता धर्ना बसेका छन् । केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै शीर्ष नेतालाई विधि र पद्धतिमा बस्न दबाबस्वरुप उनीहरु धर्ना बसेका हुन् ।
उनीहरुले झापा जिल्ला नेकपा अध्यक्ष चिन्तन पाठकलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघका नेताहरुले झापा जिल्ला पार्टी कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने माग गरेका छन् ।