Logo मंसिर १२, २०७७ शुक्रबार


जापानमा भीषण बाढी, ४४ काे मृत्यु

काठमाडाैं । जापानमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ ।

बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ ।

घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । उनीहरुलाई घटनास्थलमै पुगेर उद्धार गरिएको थियो ।

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…