Logo फाल्गुन १४, २०७७ शुक्रबार


इंग्लिस प्रिमियर लिग : टोटनह्याम विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम उपहार गोलले विजयी भएको हो । जोसे मोरिन्होको टिमले एभर्टनलाई १–० ले पराजित गरेको छ । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामको जितमा निर्णायक बन्यो ।

मोरिन्होको प्रशिक्षकका रुपमा यो प्रिमियर लिगमा २०० औँ जित हो । जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ । यसैबिच यो खेलमा टोटनह्यामका कप्तान हुगो लोरिस र स्ट्राइकर सन हेङ–मिनबिच मैदानमै हात हालाहालको अवस्था आएको थियो ।

खेलको मध्यान्तरमा मैदानबाट बाहिरिने क्रममा लोरिसले सनलाई पछाडिबाट धकेलेका थिए । त्यसपछि विवाद चुलियो, टिमका अरु खेलाडीले दुवैलाई छुट्याएका थिए । तर दुवै खेलाडीले आफ्ना मतभेदहरुलाई पाखा लगाएर खेलको अन्तिममा मैदानबाट बाहिरिने बेला अंकमाल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…