श्रावण २४, २०७७ शनिबार
Logo


कैलालीमा ओली र प्रचण्ड समूहबीच झडप

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर कैलालीका स्थानीय नेता तथा कार्यकर्ता विभाजित अध्यक्षट्ठयय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई समूहमा विभाजित भएका छन् ।

दुई समूहबीच झडप नै भएको छ । सोमबार साँझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थन गर्दै कार्यक्रम आयोजना गरेको थियो। ओली समूहले आयोजना गरेको कार्यक्रम प्रचण्ड समूहले बिथोल्ने प्रयास गरेपछि दुई पक्षबीच हानहान भएको हो ।
स्थानीय वासिन्दाका अनुसार ओली पक्षले , ‘हामीलाई प्रचण्डको एकएक हर्कत थाहा छ’ भन्दै भाषण गरेपछि अर्को पक्ष त्यसविरुद्ध जाइलागेको हो ।

ओली पक्ष निकट मानिँएका पत्रकार सम थापाले प्रधानमन्त्रीको बचाउ गदै भाषण गरेका थिए। लगत्तै बोल्न माइक समाएका लम्कीचुहा नेकपाका नेता नरबहादुर खड्काले ओलीको बचाउ गदै प्रचण्डले बकम्फुसे कुरा गरेको आरोप लगाएका थिए। त्यसपछि प्रचण्ड निकटका केही युवा खड्कामाथि जाइलागेका हुन् । दुई पक्षबीच झडप भएपछि त्यसलाई साम्य पार्न प्रहरी र्न परिचालन गर्नु परेको थियो । प्रहरीले सामान्य लाठीचार्ज गरेर दुई पक्षबीचको झडप नियन्त्रण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…