Logo मंसिर ११, २०७७ बिहीबार


इनारबाट निस्किएको ग्यासहितको आगोले जलेर जमुना घाइते

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी छन् । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो ।

उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुरकी जमुनाले केही समयअघि त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकी थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ ।

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाका अध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…