Logo मंसिर १४, २०७७ आइतबार


ओली–दाहाल वार्तापछि मुख्यमन्त्रीहरूलाई बालुवाटार बोलाइयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवाद समाधानको लागि अध्यक्षद्वय केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार पनि गहन छलफल भएको भएको छ ।

यसैबीच अध्यक्षद्वय ओली र दाहालबीचकाे वार्ता सकिए लगत्तै  केही मुख्य मन्त्रीलाई बालुवाटार बोलाइएको छ । प्रधानमन्त्री ओलीले प्रदेश २, कर्णाली र सूदुरपश्चिम बाहेकका मुख्यमन्त्रीहरुलाई मंगलबार साँझ बालुवाटार बोलाउनु भएको हो ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल केही अघिदेखि काठमाडौंमै हुनुहुन्छ । पार्टीमा पछिल्लो समस्या अध्यक्षद्वय ओली र दाहालबीच खटपट भएपछि मुख्यमन्त्री गुरुङ र पोखरेल त्यसलाई मिलाउन सक्रिय हुँदै आउनु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयबाट बोलाएपछि बाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल मंगलबार काठमाडौं आइसक्नुभएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि काठमाडौं आउँदै हुनुहुन्छ । बोलाइएका मुख्यमन्त्रीहरुले आजै साँझ प्रधानमन्त्रीसँग छलफल गर्ने स्रोतले जनाएको छ ।

नेतृत्वबीचको विवादले पाटीमा समस्या भएपछि प्रधानमन्त्री ओलीले यसअघि शनिबार मन्त्री र राज्यमन्त्रीहरुसँग गहन छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।