श्रावण २४, २०७७ शनिबार
Logo


काठमाडौंमा फेरि २८ जनामा कोरोना देखियाे

काठमाडौं । सरकारले लकडाउन खुलुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म उपत्यकाभित्र संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् ।

रोग नियन्त्रण महाशाखा प्रमुख डा.बासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाँट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…