श्रावण २४, २०७७ शनिबार
Logo


झोलुङ्गे पुल भत्किएपछि आवतजावतमा समस्या

शिव बोहोरा
बागलुुङ । पुल भत्किएपछि गल्कोट नगरपालिका–१ दुदिलाभाटिका स्थानीयबासीलाई आवतजावतमा समस्या भएको छ । सोमबार राति परेको भारी वर्षाका कारण जिर्ण अवस्थामा रहेको गौंदी खोलाको झोलुङ्गे पुलको जिप भत्किएको हो ।

भाटीबजार र थलिङ जोड्ने गौंदी खोलामा रहेको झोलुङ्गे पुलको एकापटिको लठ्ठा अड्याउने पर्खाल नै भत्किएको छ । पुल भत्किएपछि वरपरका बासिन्दा अत्यावश्यक कामका लागि वडा कार्यलय लगायत अन्यत्र आवतजावत गर्न समस्या भएको स्थानीय भिम भण्डारीले जानकारी दिनुभयो ।

२०३२ सालमा निर्माण गरिएको पुल लामो समयदेखि जिर्ण अवस्थामा रहेको थियो । दैनिक सयौंको संख्यामा विद्यार्थी लगायत अन्य मानिसहरु आवातजावत गर्ने भएपनि पुलको मर्मत सम्भारमा भने सम्बन्धित निकायले चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छन् ।

विगत लामो समयदेखि पुलको लठ्ठा जिर्ण भई चुँडिने अवस्थामा पुगको साथै काठका फलेक पनि कुहिएर प्वाल भएका कारण विद्यार्थी जोखिम पूर्ण यात्रा गर्न बाध्य थिए । पटक पटक जिर्ण झोलुङ्गे पुलको मर्मतका लागि स्थानीयवासीले आवाज उठाए पनि सम्बन्धित निकायले कुनै चासो नदिएपछि पुलको अवस्था नाजुक बन्दै गएको थियो ।

दैनिक जोखिम पुर्ण यात्रा गर्न बाध्य स्थानीयले पुलको लठा चुडिन लागेपछि असार १७ गते पुलको लठ्ठामा रड राखेर वेल्डिङ साथै भुईँमा नयाँ काठको फल्याक समेत राखेर केही मर्मत गरपेनि अविरल वर्षको कारणले पुलको जीप भत्किएपछि झन् ठूलो समस्या भएको छ ।

वडाध्यक्ष नेत्र बहादु्र बुढाथोकीले उक्त पुलको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा प्रदेश सरकारको योजनामा उक्त स्थानको पुल पनि समावेश गरिएकाले नयाँ पुल बन्नेमा विश्वस्त रहेको र तत्कालका लागि स्थानीयको आवातजावत सहजताका लागि नगरपालिकासँग समन्वय गरेर काम गरिने बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…