श्रावण २४, २०७७ शनिबार
Logo


ट्रिपर र मोटरसाइकल ठोक्किँदा पैदलयात्रीको मृत्यु

धादिङ । धुनिबेशी नगरपालिका–६ काटिछापमा मोटरसाइकल र ट्रिपर ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ । बा.२७ प ५४४५ नम्बरको मोटरसाइकल र बा.३ ख ४३७५ नम्बरको ट्रिपर मंगलबार दिउँसो ठोक्किँदा मंगलबार पैदलयात्री धादिङ थाक्रे गाउँपालिका–७ बस्ने ५० वर्षीय कान्छा थापाको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका थापाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने १९ वर्षीय रुपक पाठक र मोटरसाइकलमा सवार २१ वर्षीया सुजिता पाठकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रिपर, ट्रिपर चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…