श्रावण २४, २०७७ शनिबार
Logo


चिनियाँ विदेशमन्त्री वाङ र भारतीय सुरक्षा सल्लाहकारबीच भेटवार्ता

काठमाडौं । दुई देशबीचको सीमा विवाद भिडन्तको स्थितिसम्म पुगिसकेको अवस्थामा भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ ।

सीमामा कुनै पनि किसिमको मुठभेड नगर्ने र तनावलाई सामान्य बनाउन दुवै देश सहमत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समय अघि दुई देशको सिमावर्ती लदाखमा चिनियाँ सेनाको कारबाहीमा भारतीय सैनिक मारिएपछि चीन भारत तनाव बढेको हो ।

घटनालगत्तै दुवै देशले त्यस क्षेत्रमा द्वन्द्व नचाहेको र स्थिरताका लागि आफूहरु तयार रहेको बताएका थिए । भारतीय सेना आफ्नो क्षेत्रमा प्रवेश गरेपछि कारबाही गरिएको चिनियाँ विदेश मन्त्रालयले बताएको थियो । सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा एक साताअघि डोभलले यीलाई टेलिफोन गर्नुभएको थियो । भारतको विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा दुवै प्रतिनिधिले आफ्ना कुराहरु सहजै तर गहनरुपमा राखेको उल्लेख गरिएको छ ।

छलफलमा दुवै देशले वास्तविक सीमा रेखालाई सम्मान गर्ने र भविष्यमा सीमा क्षेत्रमा शान्ति भंग हुन नदिने विषयमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विशेष प्रतिनिधिबीच अन्तिमपटक गत डिसेम्बरमा भेटघाट भएको थियो । यता चिनियाँ विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै सिमामा अग्रपंक्तिमा परिचालन हुने सेनाले मुठभेड नगर्न र तनावलाई कम गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…