सरकार सबैतिर असफल भएको कांग्रेस–जसपाको निष्कर्ष

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकार सबैतिर असफल भएको निष्कर्ष निकालेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको दुई दलका नेताहरुबीचको छलफलमा वर्तमान सरकार सर्वत्र असफल भएको निष्कर्ष निकालेको हो ।

बैठकमा देउवासहित कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला सहभागी हुनुहुन्थ्यो भने जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादवसहित नेताहरु डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।

बैठकले संघीय संसदको अधिवेशन हठात्मा अन्त्य गर्दा राजनीतिक अन्योल बढेको निष्कर्ष पनि निकालेको छ । दुवै दलका नेताहरुले सरकारको अपरिपक्वताका कारण राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा जटिलता थपेकोमा चिन्ता व्यक्त गरेका थिए। संसदमा छलफलका लागि महत्वपूर्ण विधेयक तथा संकल्प प्रस्ताव हुँदाहुँदै प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी संसद अन्त्य गरेकोप्रति बैठकले असहमति व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…