अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने

काठमाडौं । अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई औपचारिक रुपमा डब्लुएचओबाट बाहिर निकाल्ने प्रक्रिया शुरु गर्नुभएको छ ।

ट्रम्पले गएको मे महिनामा नै अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले डब्लुएचओ चीनको छाँयामा रहेको र उसकै कठपुतली बनेको आरोप लगाउँदै आउनु भएको छ । डब्लुएचओ ले कोरोना भाइरसविरुद्ध राम्रो काम गर्न नसकेको ट्रम्पको आरोप छ ।

अमेरिका राष्ट्रपति ट्रम्पले युरोपियन युनियन र अरु विभिन्न क्षेत्रलाई समेत डब्लुएचओ छोड्न आग्रह गर्दे आउनु भएको छ । तर उनीले भने नछोड्न भएका छन् । अमेरिकाले डब्लुएचओलाई प्रदान गर्दै आएको सहयोग रोक्ने निर्णय गरिसकेको छ । अमेरिकाले े डब्लुएचओलाई सहयोग स्वरुप उपलब्ध गराउँदै रकम स्वास्थ्यकै क्षेत्रमा काम गर्ने अन्य संस्थालाई दिने भएको छ ।

ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने सम्बन्धी जानकारी संयुक्त राष्ट्रसंघ र कंग्रेसलाई गराउनु भएको छ । बाहिरिने प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्नेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टीफन डूजारिकले अमेरिकाले सन् २०२१ को जुलाई ६ देखि लागु हुने गरी आफू डब्लुएचओबाट बाहिरिने जानकारी गराएको पुष्टि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…