Logo कार्तिक १०, २०७७ सोमबार


मल बोकेको ट्रक पल्टियो, २ जनाको मृत्यु

फाइल तस्बिर

काभ्रे । बनेपा नगरपालिकामा ट्रक पल्टिँदा ३ जनाको मृत्यु भएको छ ।  नगरपालिकाको वडा नम्बर ४ शेरामा मंगलबार बा १ क ९२३६ नम्बरको ट्रक पल्टिँदा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको  ट्रक ब्रेक फेल भइ सडकमै पल्टिएको हो ।  दुर्घटनामा सहचालक सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको छ । गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा ग १ त २२८३ नम्बरको दुर्घटना भएको हो ।  ट्र्याक्टर खेत जोतेर फर्कने पल्टिँदा चालक त्यही ठाउँका ४५ वर्षीय रामचन्द्र अधिकारीको मृत्यु भएको छ ।  ट्र्याक्टरमा च्यापिएका अधिकारीको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यलाई बडादसैँको टीका लगाइदिनु भएको छ ।

गण्डकी प्रदेशमा ४, सुनसरीमा दुई र चितवनमा एक जना गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हामीले संविधानमा स्वास्थ्यको हक राखेका छौं, अस्पताल स्वास्थ्यको हक भित्र पर्नुपर्ने होइन र ? जनताको पहूँचमा आउनुपर्ने तर भएन ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै चाडवाडहरू केवल पर्व र उत्सव मात्र नभई सामाजिक…

प्रदेश १ र प्रदेश २ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।