Logo फाल्गुन १३, २०७७ बिहीबार


सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्ने सुझाव प्राप्त भएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्दै नियमन प्रभावकारी बनाउन भनिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतकाे अर्थ समितिले सांसद रामकुमारी झँक्रीको संयोजकत्वमा गठन गरेको पूँजी बजार र मुद्रा बजारसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले बुझाएको प्रतिवेदनमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्नुपर्ने उल्लेख छ ।

सहकारीमार्फत वित्तीय कारोबार बढ्दै गएपनि नियमनका लागि प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै उपसमितिले त्यस्ताे सुझाव दिएको हो । संविधानको व्यवस्थाअनुसार सरकारले सहकारीहरूको अनुगमन गर्ने अधिकार स्थानीय तहसम्म हस्तान्तरण गर्दा सहकारीको कारोबार झनै असुरक्षित बनेको उपसमितिको ठहर छ । उपसमितिले बैंकका सहायक कम्पनीलाई शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिनुपर्ने सुझाव दिएको छ । धितोपत्र ब्रोकर कम्पनीहरुलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र दलाल सम्बन्धी विद्यमान इजाजत र सञ्चालन नीतिमा सुधार गर्नुपर्ने सुझावमा उल्लेख छ ।

प्रतिवेदनमा धितोपत्र ब्रोकर व्यवसायीलाई प्राप्ति र मर्जर गर्न सक्ने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । ब्रोकरको न्यूनतम चुक्ता पूँजी २०७९ असार मसान्त सम्म १० करोड रुपैयाँ पु¥याई लिमिटेड कम्पनीमा रुपान्तरण गर्न समेत उपसमितिले सुझाव दिएको छ । उपसमितिले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका कर्मचारीलाई साधारण शेयर आवेदन दिन रोक लागउनुपर्ने सुझाव समेत दिएको छ ।

उपसमितिले पूँजी बजारमा नेपाल धितोपत्र बोर्डको नियमनमा कमजोरी रहेको बताएको छ । यस्तै लगानीकर्ताको एक मात्र डिम्याट खाता हुनुपर्ने, केवाइसीको झण्झटलाई सरलीकरण गर्नुपर्ने लगायतका सुझाव समेत दिइएको छ । २०७६ साउन २९ गते गठन भएको उपसमितिले दुई महिना लगाएर प्रतिवेदन बुझाउनुपर्ने समय पाएपनि झण्डै एक वर्ष पछि मात्रै प्रतिवेदन बुझाएको हो । उपसमितिमा सांसदहरु प्रमिला राई, मेटमणि चौधरी, रामबाबु यादव र हेमकुमार राई सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…

गतसाता फेसबुकले यो कानुनका कारण अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि त्यो खुला गरिएको छ।