Logo फाल्गुन १६, २०७७ आइतबार


श्रावण कृष्णपक्ष शुरु : सुनसान छ पशुपति

काठमाडौं । प्रत्येक साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस महिनामा पशुपति क्षेत्रमा शिवकाे भजन, आराधनाका स्तोत्र घन्किरहेका हुन्छन् । चन्द्रमास अनुसार यस वर्षको असार २२ गते सोमाबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । श्रावण कृष्णपक्ष शुरु भयो, साउन लाग्यो तर सँधै झैँ यस वर्ष पशुपतिमा मानिसको कुनै चहलपहल छैन। पशुपति क्षेत्र सुनसान छ । यहाँ शिवकाे भजन, आराधना कहिँकतै सुनिएका छैनन् ।

कोरोना भाइरसको संक्रमणका कारण चैत ११ गतेदेखि देशका लकडाउन जारी छ । देशमा लकडाउनको घोषणा भएसँगै पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । लकडाउन केही खुकुलो गरिएपनि पूर्णरुपमा खुला भने भएको छैन् । साउन ७ गतेसम्मका लागि लकडाउन जारी नै छ । लकडाउन खुला गरिएपनि स्वास्थ्य सुरक्षाका कारण तुरुन्तै भक्तजनलाई मन्दिर गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो । उहाँका अनुसार मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वर, आर्यघाटलगायतका क्षेत्रमा भने भक्तजनले बाहिरबादै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ । संक्रमण फैलन नदिन मन्दिर व्यवस्थापकले बनाएको नियम र भक्तजन आफैमा पनि सतर्क रहेका कारण असार महिनामा पनि भीडभाड नलागेको स्पष्ट छ ।

मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलेपनि विशेष पूजा भने तत्काल नगराइने जनाइएको छ । साउन महिना शिव भगवानको महिना भएकाले यस महिनामा पशुपतिमा लाखौँको संख्यामा भक्तजनको भीड हुने गरेको थियो । करोडौँको आम्दानी पनि हुने गरेको थियो । तर यस वर्ष कोरोना भाइरस कारण पशुपति क्षेत्र सुनसान छ ।

बोलबम यात्रा प्रभावित

भगवान शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा पवित्र तीर्थको जल ल्याई पशुपतिलगायत शिवालयमा चढाउने गरिन्छ । पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले यहाँ साउन महिनामा बोलबम यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे ।

यस वर्ष कोरोना भाइरस सङ्क्रमणको डरले बोलबम यात्रासमेत प्रभावित हुने भएको छ । गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान छ ।

बोलबम काँवरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमुनिको वागमतीबाट स्वच्छ जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन् । सँधै जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो । उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो । यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन ।

बोलबम यात्रा ठूलो समूहबीच गरिने भएकाले पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापा कम्तीमा दुई मिटरको दूरी कायम गरेर एकपटकमा बढीमा २० जनाभन्दा धेरै दर्शनार्थी मूल मन्दिरमा प्रवेश गराउन नसकिने बताउनुहुन्छ । यसरी पठाइएका भक्तजनलाई पनि पहिलेभन्दा टाढाबाट दर्शन गराइने छ ।

चार महिनाको बन्दाबन्दी अवधिमा पशुपति क्षेत्रलाई १० करोडभन्दा बढी आर्थिक घाटा लागे पनि भक्तजनको सुरक्षासँग सम्झौता गर्न नसकिने कोषाध्यक्ष थापा बताउनुहुन्छ । कोषले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाको सङ्क्रमण घट्दै गए जेठ ७ गतेपछि भक्तजनका लागि मूल मन्दिर खोल्न सकिने सङ्केत गर्नुभएको छ । त्यसका लागि ‘एसएमएस’ सूत्र अर्थात् सामाजिक दूरी (सोसल डिस्टेन्स), मास्क र स्यानिटाइजरलाई उपयोग गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । धार्मिक, आर्थिक गतिविधि चलायमान बनाउन स्वास्थ्य सुरक्षामा खतरा आउन दिनु नहुने सरोकार भएका निकायको सुझाव छ ।

बन्दाबन्दीको अवधिमा पनि पशुपतिनाथ मन्दिरमा नित्यरूपमा हुने पूजा आराधनालगायत कर्म भने नियमित भइरहेको कोषले जनाएको छ । साउनको सोमबार सनातन हिन्दू धर्मावलम्बीले व्रत गर्छन् । साउनको सोमबार व्रत गरी महादेवको पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाक्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।