श्रावण २४, २०७७ शनिबार
Logo


ओखलढुंगाकाे पाेकली झरना (भिडियाेसहित)

ओखलढुंगा । पोकली झरनामा रमाउन आउने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना महामारीका कारण झरना अवलोकनमा आउने बाह्य पर्यटक घटे पनि आन्तरिक आगन्तुक बढिरहेका छन् ।

करिब ३ सय २५ मिटर अग्लो पोकली झरना देशकै अग्ला झरनामा पर्ने पर्यटकीय महत्व भएको प्राकृतिक सम्पदा हो । दुर्लभ जडीबुटीले भरिएको पर्वतको धुरीमा पर्ने गौरीवनबाट बगिआउने खोला लिखु गाउँपालिकाको पहराबाट खस्दा पोकली झरनाको आकर्षक दृश्य बनेको छ ।

झरना नजिकै रहेको वनखण्डमा रिठे झाक्रीको गुफा, पचली भैरवको थान रहेको स्थानीय कथन छ । झरनादेखि केही माथि पहरामा भीरमौरी देखिन्छ । झरना आसपासमा चिभे धोबिनी चरीले गुँड लगाउने गर्दछन् । झरनादेखि केही तल पानीको प्रहारबाट बनेको नागदहमा नागको वास रहेको जनविश्वास छ ।

झरना अवलोकनका लागि दिनहुँ १ सयभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय बताउँछन् । लिखु गाउँपालिका वडा नं ९ मा पर्ने पोकली झरनाको संरक्षण र संवद्र्धनका लागि समर्पित दुग्धेश्वर आमा समूहले स्वागत सत्कार गर्दै आएको छ । झरना नजिकको वस्तीमा घरवास वा होमस्टे सञ्चालनको तयारी भइरहेको छ ।

झरनाको प्राकृतिक स्वरुप नबिगार्ने गरी आसपासमा शिव पार्वतीको मन्दिर बनाउने र झरनादेखि माथिको थुम्कामा बुद्धको मूर्ति बनाउने लिखुगाउँपालिकाको योजना भएकाे लिखु गाउँपालिकाकी उपाध्यक्ष शान्ता ढुंगेल बताउनुहुन्छ ।

लिखु गाउँपालिका अध्यक्ष गाेविन्द पाैडेलका अनुसार खडेरीका बेलामा पनि झरना हेर्न सकिने गरी माथिल्लो खण्डमा ठूलो ताल बनाउने गरी झरनाको सम्पूर्ण विकासका गुरुयोजना बनिरहेको छ ।

देशका सय गन्तव्यमा पर्ने पोकली झरनाको प्रचार प्रसार र प्रवर्धनका लागि गठित पोकली झरना सेवा समाजले बेला बेलामा अवलोकन भ्रमण, सांस्कृतिक मेला तथा महोत्सव गर्दै आएको छ । झरनासम्म पुग्नका लागि सडकको सहज पहुँच र पर्यटन विकासको पूर्वाधार विकास गर्न सकिएमा पोकली झरना ओखलढुंगाको मात्र नभइ मुलुककै महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…