कमला नदीकाे पुल ११ महिना अघि नै निर्माण सम्पन्न

काठमाडाैं । सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदीमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको छ । कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । तोकिएको समय भन्दा एक वर्ष अघि पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित भएका छन् ।

२०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका वडा नम्बर ९ र ११ जोड्ने कमला नदीमा निर्माण गरिएको पुल सम्झौता अवधि भन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको छ । कालिका रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पुल २०७८ जेठ २७ गते निर्माण सम्पन्न गर्नु पर्नेमा ११ महिना अघि नै निर्माण सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताउनुभयो । सम्झौतापछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिना पछि मात्रै निर्माण कार्य शुरु भएको थियो । तर पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणको कार्य एक वर्ष अघि नै सम्पन्न भएको ढकालले बताउनुभयो । कुल ६ सय मिटर लामो यो पुल प्री स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताउनुभयो ।

दुधौली नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दाहरुलाई सहज भएको बताउनुभयो । पुल बनेपछि यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न, विद्यालय तथा क्यम्पस जान, उपचारका लागि अस्पताल जान र खेतिपातिका लागि समेत सहज भएको उहाँले बताउनुभयो । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समय भन्दा एक वर्ष छिटो निर्माण सम्पन्न भएकोमा आफूहरु खुशी भएको लामाले बताउनुभयो ।

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरु पुल निर्माण भएपछि खुशी भएका छन् । पुल नभएकै कारण बिरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खोतीका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन् ।

प्री स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारी र पारी २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…