श्रावण २४, २०७७ शनिबार
Logo


नेकपा एकता कायम राख्न केन्द्रीय सदस्यहरूको सत्याग्रह जारी

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्वबीचको विवाद सार्वजनिक भएपछि केन्द्रीय सदस्यहरुले त्यसविरुद्ध शुरू गरेकाे खबरदारी चौथो दिन पनि जारी छ ।

केन्द्रीय सदस्यहरुले  एकता कायम राख्न र पार्टीलाई विधिसम्वत ढंगले सञ्चालन गर्नका लागि दबाब दिने उदेश्यले पार्टी मुख्यालय धुम्बाराहीमा शुरू गरेकाे सत्याग्रह बुधबार पनि जारी  छ।

उनीहरुले पार्टी नेता प्रधान नभएर नीति प्रधानमा चल्नुपर्ने माग राखेका छन्। केन्द्रीय सदस्यहरुले सत्याग्रहमा पार्टीलाई एकीकरणको भावना र सहमति अनुसार एकतावद्ध लैजानु पर्ने माग गरेका छन् ।

सरकारको काम, नेतृत्व र सहभागितालाई व्यवस्थित गर्न चालू स्थायी समितिको बैठकमा नेतृत्वको समीक्षा हुनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ । धर्नामा डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रविन कोइराला, भास्कर काफ्ले, हिमाल शर्मा, लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालयमा शुरु गरेको सत्याग्रहकाे देशभरका नेता तथा कार्यकर्ताले स्वागत गरेका छन् । केन्द्रीय सदस्यहरुले जिल्ला जिल्लामा समेत यस्तो अभियान सञ्चालन गर्न आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…