फेरि २५५ संक्रमित थपिए, संख्या १६,४२३ पुग्यो

काठमाडौं । नेपाल बुधबार थप  दुइ सय ५५ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको छ । मुलुकको विभिन्न ठाउँमा गरिएको परीक्षणमा दुइ सय ५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या १६ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे । नेपालमा पछिल्लाे २४ घण्टामा दुइ सय ५३ जना काेराेना संक्रमित निकाे भएर घर फर्किएका छन् ।

हालसम्म काेराेना निकाे भएर घर फर्किनेकाे संख्या सात हजार सात सय ५३ जना पुगेका छन् ।

बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा २५ हजार ४० रहेका छन् ।

सरकारले स्थानीय तहबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारबाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरे बापत शुल्क लिइरहेको खबर आएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पुर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…