श्रावण २४, २०७७ शनिबार
Logo


प्रहरीबाट महिलामाथि कुटपिट, घटनाकाे छानविन शुरू

प्रकाश गौतम
रुकुम (पश्चिम) । रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा प्रहरीबाट एक महिलालाइ प्रहरीले कुटेको भडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै अनुसन्धान शुरु भएको छ । दुई महिना अघि एक महिलालाई प्रहरीले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान शुरु गरेको हो ।

गत जेठ १ गते महिलामाथि कुटिपिट भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभएको छ । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा स्वास्थ्यकर्मीलाई र प्रहरीलाई दुव्र्यहार गरेको आरोपमा वडा नम्बर ९ की २१ वर्षीया नेहा विष्टमाथी कुटपिट भएको हो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटनाप्रति घोर भर्त्सना गरिएको छ ।

प्रहरीका अनुसार बिष्ट जेठ १ गते नेपालगञ्जबाट ट्रकमा आएर साझँ साढे ५ बजे जाजरकोट जिल्ला हुँदै भेरी नदीको पुल तरेर राडीबजार आएकी थिइन् । उनी हेल्प डेस्क भएको ठाउँमा पुग्दा उनको शरीरमा कुनै पनि कपडा थिएन । ‘बजारमा एक जना महिलाले उनलाई कपडा लगाइदिइन् ।

कोरोना महामरीका बेला बाहिरी जिल्लाबाट आएको हुनाले स्वास्थ्यकर्मी डोल्मा मल्ल र सुरक्षाकर्मीले केरकार गर्दा बिष्टले दुबैमाथी दर्व्यवहार गरेको बताइएको छ । मदिरा सेवन गरेकी बिष्टलाई प्रहरी जवानहरुले नियन्त्रणमा लिन नसकेपछि नगर महिला प्रहरी निर्मला विकलाई बोलाएर नियन्त्रनमा लिइएको बताइएको छ ।

पानीमा भिजाएपछि मदिराले छोड्छकी भनेर विष्टकी दिदीको आग्रहमा नै पानीमा भिजाउने क्रममा विष्टले आफूमाथि हातपात गरेपनि घटना शुरु भएको विकको भनाइ छ । नगर महिला प्रहरी निर्मला विक, इलाका प्रहरी कार्यालय आठविसकोटमा कार्यरत प्रहरी जवानहरु शक्ती परियार र आइते रावतलाई घटनाको अनुसान्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुममा ल्याइएको डिएसपी केसीले बताउनुभयो । महिला कुटपिटमा संलग्न हवल्दार पृथ बहादुर आग्री यसअघि दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरीले बताएको छ । घटनामा संलग्न जो कसैलाई पनि कानुन अनुसार कारबाही हुने डिएसपी केसीले बताउनुभयो ।

यता आठविसकोट नगरपालिकाले नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकलाई निलम्बन गरेको छ । विकले ती महिलालाई धेरै पटक लाठी, बुड तथा हातले हानेको भिडियोमा देखिन्छ । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…