सिन्धुलीको फिक्कलमा बोलेरो दुर्घटना, एकको मृत्यु

फाइल तस्बिर

बलबीर भुजेल
सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका ५ सोल्पाठानामा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीनजना घाईते भएका छन् ।

फिक्कल गाउँपालिका–५ कर्फुस्थित ग्रामिण सडकखण्डमा सिन्धुलीबाट डाँडाचौरका लागि रड र सिमेन्ट बोकेर गुडेको ना ४ च ५२८५ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको हो ।

बुलेरो दुर्घटनामा परेर फिक्कल–५ का ६५ वर्षका धर्मध्वज सुनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो ।

त्यसैगरी नायव उपरीक्षक खत्रीका अनुसार दुर्घटनामा परी घाईते हुनेहरुमा सवारी चालक फिक्कल–५का ४९ वषीय टोकनाथ पहाडी सोही स्थानका वर्ष ४३ भगवती पहाडी र १७ वर्षका उज्वल सुनुवार रहेका छन् ।

घाइते सबैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…