श्रावण २४, २०७७ शनिबार
Logo


कर्णालीमा १५५० जनालाई कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या बढिरहेको छ । दिनहुँ संक्रमित बढिरहेसँगै सोमबार कोरोना संक्रमितको सङ्ख्या १ हजार ५ सय ५० पुगेको छ । भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान नदिएका कारण कोरोना नियन्त्रण हुन सकिरहेको छेन ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका २/२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका ३ जनामा संक्रमण देखिएको छ ।

विभिन्न जिल्लामा गरी बुधबार २० नयाँ कोरोना संक्रमित थपिए पछि कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ५ सय ५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । संक्रमित सबैको अवस्था भने सामान्य रहेको महाशाखा प्रमुख डा. तिवारीले बताउनुभयो ।

कर्णालीमा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या पनि दिनहुँ बढिरहेको डा. तिवारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट २, सल्यान अस्पतालबाट ५, सालकोट आइसोलेसन सुर्खेतबाट १ र चौकुने आइसोलेसन सुर्खेतबाट ४ महिलासहित ८ गरी १६ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको संख्या १हजार २ सय ९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै, प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टाइनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…